लोकतान्त्रिक तमु संघ मादीको अध्यक्षमा मनोज

कास्की | साउन ६, २०८०

लोकतान्त्रिक तमु संघ मादीको अध्यक्षमा मनोज

पोखरा:   लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् ।

 

लोकतान्त्रिक तमु संघ कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार भएको प्रथम अधिवेशनबाट १७ सदस्यीय समिति गठन गरेको हो ।

 

सो समितिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ छानिए ।

 

यस्तै सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् ।

 

नवनिर्वाचित पदाधिकारीहरुलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । 
 

नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 
 

नवनिर्वाचित वडाध्यक्ष मादी गाउँपालिका ९ का वडाध्यक्ष हुन् ।

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्

पाेखरा:   कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ ।   सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...

थप पढ्नुहोस्

पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ ।   प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

थप पढ्नुहोस्